back
CTIZAN AD

एक अर्ब ९४ करोड ६० लाख मूल्यको आलु उत्पादन

वि.सं.२०८२ असोज २७ सोमवार

1.2K 

shares

ढोरपाटन (बागलुङ), २७ असोज । यस वर्ष बागलुङमा एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । “जिल्लाको माथिल्लो क्षेत्र आलुखेतीका लागि अत्यन्त उपयुक्त छ,” उहाँले भन्नुभयो, “त्यही कारण बागलुङमा हरेक वर्ष करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ ।”

अधिकारीका अनुसार तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायतका क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रमा आलु खेती गरिएकोमा ५५ हजार ६०० मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको र ५६ हजार २४० मेट्रिक टन उत्पादन भएको थियो । “यो वर्ष खेती क्षेत्र र उत्पादन दुवै घटेको छ,” अधिकारीले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको आलु प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरेका छन् ।

कृषि ज्ञान केन्द्रले आलुखेती विस्तारका लागि पछिल्ला वर्षमा निरन्तर लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड ६० लाख, २०८१÷८२ मा एक करोड ५९ लाख र चालु वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरिएको अधिकारीले जानकारी दिनुभयो ।

“बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि अनुकूल हावापानी भएकोले खायन आलु राम्रो उत्पादन हुन्छ,” उहाँले भन्नुभयो, “तीन वर्षदेखि क्षेत्र विस्तार, नयाँ प्रविधिको प्रयोग, मलखाद र सिँचाइ व्यवस्थापनमा ध्यान दिइरहेका छौँ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रमा खायन आलु लगाउने लक्ष्य लिएका छौँ ।”

यहाँ उत्पादित आलु बागलुङ, बुटवल र चितवनलगायतका सहरमा आपूर्ति हुने गरेको छ । गत वर्ष किसानले हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु ५० रुपैयाँमा बिक्री गरेका थिए । तर, यस वर्ष खडेरीका कारण उत्पादन घट्दा मूल्य प्रतिकिलो ३५ रुपैयाँमा सीमित भएको अधिकारीको भनाइ छ ।

वि.सं.२०८२ असोज २७ सोमवार ०७:२० मा प्रकाशित

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...