back
CTIZAN AD

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

वि.सं.२०८२ असोज ३१ शुक्रवार

564 

shares

नेपालगञ्ज । आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप–२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ ।

क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिए । विद्यालयलक्षित प्रतियोगितामा आठ, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उनले बताए ।

कुनै सङ्घ, संस्था वा क्लबले पनि संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

आठ वर्षमूनि उमेर समूहका खेलाडीले २५ मिटर, १० मुनिकालाई ५० मिटर, १२ र १४ मुनिका खेलाडीबीच ५० र १०० मिटर तथा खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न ५६ वटा ‘इभेन्ट’ हुनेछन् ।

क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:०९ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...