काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
महाकवि देवकोटा विसं १९६६ कात्र्तिक कृष्ण औँसीमा काठमाडौँको डिल्लीबजारमा जन्मनुभएको हो। दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका उहाँका सयभन्दा बढी कृति प्रकाशित छन्। ‘मुनामदन’ खण्डकाव्य उहाँको सबैभन्दा बढी बिक्ने रचनामा पर्छ।
देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उहाँले नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएको थियो। विदेशमा नेपाली कृतिहरूको अनुवाद र सम्मेलनमा प्रतिनिधित्व गर्नुभएका देवकोटा साहित्यमा आधुनिक महाकाव्य लेखनका प्रवर्तक मानिनुहुन्छ।
उहाँले शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नुभएको थियो। तत्कालीन राजनीतिक र आर्थिक कठिनताबीच पनि उहाँले उच्चस्तरका साहित्यिक योगदान दिनुभएको थियो।
वि.सं.२०८२ कात्तिक ३ सोमवार ११:५६ मा प्रकाशित




























