back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ कात्तिक १ शनिवार

1.1K 

shares

प्रमोद नेपाल, वीरगञ्ज, हाल- काठमाडौँ

१)
गरौँ श्रीकृष्णको जय
पालनहार पुनः जन्मी
दुष्टताको गरुन् क्षय ।

२)
अधोगति विकासको यात्रा
केहीलाई छ सत्रैसत्र
देशमा चारैतिर गाईजात्रा ।

३)
असह्य अभावको मार
विदेशको कठीन यात्रा
जीवनको हुँदैछ हार ।

४)
नारी बस्छन् निराहार
व्रत जीवनार्थ पतिको
तीजमा नमानी भार ।

५)
विकास असारे कच्चा
बजेट सक्याउने मेलो
कहिले बन्लान् सच्चा ?

६)
जनताको पैसामा आहाल
नानीदेखि लागेको बानी
बन्ने आफूमात्र मालामाल ।

७)
सनातनीको लागि चन्दन
नास्तिकलाई ज्ञान कहाँ
रक्षासूत्र हो रक्षाबन्धन ।

८)
आस्थामा खेलवाड गरे
हटाए संविधानको व्यवस्था
आफ्नै आँखाबाट झरे ।

९)
नागहरू छन् बसेका
ढुकुटीमा फण उठाएर
जनताको नजरबाट खसेका ।

१०)
पाउनु सच्चा मित्रता
चन्द्रमामा पुग्नु जत्तिकै
चाहिन्छ मनको पवित्रता ।

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:२० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...