back
CTIZAN AD

कविता : पोखरा

वि.सं.२०८२ कात्तिक १ शनिवार

1.1K 

shares

घनश्याम पौडेल, पोखरा

हिमाल हाँस्छ मस्कदै,बिहान घाम आउँदा
मुनाल नाँच्छ कोइली, लुकेर गीत गाउँदा।
भनेर मात्र हैन लौ, डुलेर हेरियो पुरा
नभुल्नु है नभुल्नु है, नभुल्नु है त पोखरा ।१।

हरेक जन्ममा यहीँ, भएछ चाह जन्मिने
सवाल निस्किए कतै, यही जवाफ भन्दिने ।
टलक्क टल्किए जसै ,पहाडमाथि टाकुरा
नभुल्नु है नभुल्नु है, नभुल्नु है त पोखरा ।२।

पुगिन्छ साँझमा सधैँ,सराङकोट मास्तिर
रुपा दिपाङ साथमा, र बेगनास पल्तिर ।
यहीँ छ ताल पोखरी, विदेश जानु के छ र
नभुल्नु है नभुल्नु है, नभुल्नु है त पोखरा ।३।

विदेशका मनुष्य यी, सधैँ घुमी रमाउने
बनेर मार्ग दर्शिका, यथेष्ट दाम पाउने ।
प्रमाण पाइदैन क्यै, छ छैन स्वर्ग सुन्दर
नभुल्नु है नभुल्नु है, नभुल्नु है त पोखरा ।४।

रमाइलो छ पोखरा, सके त घुम्न पाउँदा
यसो बिदा निकालिदै, मिलेर झुम्न आउँदा ।
बिकास आउँदा यता, निकास भन्नु हुन्न र?
नभुल्नु है नभुल्नु है, नभुल्नु है त पोखरा ।५।

छन्द : पञ्चचामर

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:५३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...