back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक १ शनिवार

1K 

shares

एक नारायण चापागाईं, दाङ

डुलेझैँ लाग्छ जङ्गलमा डुबेझैँ लाग्छ पानीमा
परेझैँ रातिमा ऐँठन दुखेको हुन्छ छातीमा

मलाई सम्झिए छन् कि कुनै आफ्नाले धेरै नै
भयो के हिक्क मात्रै यो अचानक आज घाँटीमा

यो मौसमले भरेको छ नयाँपन पालुवामाथि
त्यसैले लाग्छ सुन्दर वन फुलेको फूल डालीमा

कुनै दिन खानलाई हो सँगाली अन्न राखेको
मुसाले खान पल्केछन् लुकाएको भकारीमा

कतै अलमल हुँदै हुन्न एकोहोरो भएको मन
कसम खाएर जोडीले चढे जीवनको गाडीमा

बहर : हजज मुसम्मन् सालिम
वजन : १२२२ – १२२२ – १२२२ – १२२२
अर्कान : मुफाईलुन , मुफाईलुन , मुफाईलुन , मुफाईलुन
काफिया : ई
रदिफ :मा
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...