back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक १ शनिवार

1.4K 

shares

अरुण खड्का, कीर्तिपुर, काठमाडौँ

चाहना छ मायाको धन लिएर के हुन्छ
प्रीतको छ तिर्खा सर्वत पिएर के हुन्छ

काट्दछन् कुरा हरदम निर्दयीहरू तिम्रो
एउटाको मात्रै मुख अब सिएर के हुन्छ

अल्झिइन् प्रिया मेरो जालभित्र मायाको
प्यारमा हृदय उनको अल्झिएर के हुन्छ

बस्न मन भए मेरो प्रेमको छहारीमा
छेउमा उनी पर्न तन्किएर के हुन्छ

वेदनाको ज्वाला झन् दन्किँदैछ छातीमा
सहनु पर्छ पीडा पर पन्छिएर के हुन्छ

बहर : हजज मुसम्मन अश्तर
वजन : २१२ – १२२२ – २१२ – १२२२
अर्कान : फाइलुन , मुफाईलुन , फाइलुन, मुफाईलुन
काफिया : इएर
रदीफ :के हुन्छ

 

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:४४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...