back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक १ शनिवार

1K 

shares

धनसिंह गिरि, दाङ

पुगे सरकारमा ती जो गनिन्थे राष्ट्रघातीमा
चलाए आज ताकेर गोली जनताको घाँटीमा

हुँदा सरकारमा जनका बुझेनन् दुःख शासकले
त्यसैकारण छ आन्दोलन चलेको राजधानीमा

चिन्यो संसारले जगमा शिखर सर्वोच्च जुन हाम्रो
त्यसैको विम्ब देखिन्छ नेपाली शिरको टोपीमा

नजर दूषित नगर्नू जन सबै चेली गलत हुन्नन्
सफा मनबाट देवीको झलक देखिन्छ नारीमा

लुटी धन राज्यको सारा महलमा भ्रष्ट रम्थे जो
खुले कर्तुत सबै तिनका परेछन् आज नालीमा

बहर : हजज मुसम्मन् सालिम
वजन : १२२२ – १२२२ – १२२२ – १२२२
अर्कान : मुफाईलुन , मुफाईलुन , मुफाईलुन , मुफाईलुन
काफिया : ई
रदिफ :मा
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:४० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...