back
CTIZAN AD

कविता : अहङ्कारको अन्त्यमा हुन्छ हार

वि.सं.२०८२ कात्तिक १ शनिवार

954 

shares

विदुर अधिकारी, चितवन

छरौँ जिन्दगीमा सुनौला विचार
नराखौँ कुनै दम्भरूपी विकार
बुझौँ दाजु ए! भाइ हो सत्य–सार
अहङ्कारको अन्त्यमा हुन्छ हार
(१)

यहीँ कंसले कर्मको चाल पाए
यहीँ कर्णले बुद्धिमत्ता गुमाए
बुझी यो नगर्नू कसैको बिगार
अहङ्कारको अन्त्यमा हुन्छ हार
(२)

हठी भै दिँदा आजका यी समाज
हुँदै छन् निकम्मा बिगारेर ताज
बुझौँ सत्य,रोकौँ अहम् को बजार
अहङ्कारको अन्त्यमा हुन्छ हार
(३)

कहीँ जानु पर्दैन दम्भी यहीँ छन्
धराधाम बेच्ने शिखण्डी यहीँ छन्
अझै मच्चिऊन् थच्चिऊन् बारबार
अहङ्कारको अन्त्यमा हुन्छ हार
(४)

“म खाऊँ म लाऊँ अरू जेसुकै हुन्’
यही भन्छ दम्भी ‘सबै बेतुके हुन्’
नराखौँ यहाँ तिक्त यस्तो विचार
अहङ्कारको अन्त्यमा हुन्छ हार
(५)

छन्द ः भुजङ्गप्रयात
गण ः य – य – य – य
गण सङ्केत ः क्ष्क्क् – क्ष्क्क् – क्ष्क्क् – क्ष्क्क्
अभ्यास ः विश्व नेपाली साहित्यकार सञ्जाल पाठशाला

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:३७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...