back
CTIZAN AD

कविता : अजर अमर बन

वि.सं.२०८२ कात्तिक १ शनिवार

705 

shares

रामशरण न्यौपाने, भक्तपुर

मन रसिक गर न क्रोध निखारी
कलुषितपन पुछ सुन्दर पारी
बस निशिदिन बरु देश सिँगारी
बन सब जन अब प्रेम–पुजारी ।।१

नबन न भरसक है अभिमानी
गर इलम असल दर्द नमानी
गुरु जनकन पुज ईश्वर जानी
बन भरसक नर उत्तम ज्ञानी ।।२

क्षणिक छ पलभर जान्छ जवानी
कति भर छ र तन हुन्छ खरानी
नबन नि अधम त कर्म नधानी
नगर न क्षय अब वीर निसानी ।।३

युवक नि सब भुल जान विदेश
पल पल अधिक छ दोहन देश
शठ जनसित छ नि धूर्त प्रभाव
सब जन चुप हुनु हुन्छ खराब ।।४

अघिबढ अघि बढ हार नखाई
बस भरसक अब राष्ट्र बनाई
गर सब जनकन स्नेह रिझाई
अजर अमर बन कीर्ति फिँजाई ।।५

छन्द : चण्डी
गण : न न स स गु
गण सङ्केत : III – III – IIS – IIS – S

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:१५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...