back
CTIZAN AD

कविता: विवेकहीन छौँ किन ?

वि.सं.२०८२ कात्तिक १ शनिवार

696 

shares

हरिभक्त सिग्देल ‘महेश’,काठमाडौँ

शिकारीले सिकार गर्छ
ऊ छुट्याउँदैन के को
सिकार गर्ने भनेर
हत्या
र हिंसामा रमेकाहरू
जीवनको मूल्य बुझ्दैनन्
लाजको धोती खुस्किसकेकाहरू
जति मच्चिएर कराए पनि
लाजको अनुभूत गर्दैनन्
बाँदरको पनि
अपमान हुन्छ
यिनीहरूसँग दाँजेमा
आज निर्वस्त्र
सार्वजनिक स्थलमा
नाङ्गो नाँच गर्नेहरू
विवेकको खडेरी परेका
समूह
चाहे कालेको होस्
वा गोरेको
हत्याहिंसा
भ्रष्टाचार
अन्याय
अत्याचार
र पक्षपातबाहेक
केही गर्न नजान्ने
मातृभूमिका सम्पूर्ण
अङ्गहरूलाई
अपाङ्ग बनाउने
एक होइन
दुई होइन
पहिले
अहिले
जहिले
जुनरूपमा
जो आए पनि
मयलपोसको
हुर्मत लिँदै छन्
मुखमा
कालोमोसो पोतिएको
मानवजीवनको
अवमूल्यन गरी
निशंस नाङ्गो नाच
कहिले
समथर तराईमा
कहिले
राजधानी सहरमा
कुहिएको आँपको संज्ञा
जीवनको मूल्य
यस्ता पटमूर्खहरू
नोटको विस्तरामा
मस्त निदाउने
मातृभूमिलाई
जुवाखाल बनाउने
हत्याहिंसा
भ्रष्टाचारमा रमाउने
त्यस्तालाई शिरमा नराखी
बस्नै नसक्ने
समाज
र समूह चल्दै नचल्ने
ठान्ने
ठानिरहने
हामी
विवेकहीन छौँ किन ?

वि.सं.२०८२ कात्तिक १ शनिवार १०:११ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...