उ शीत बटुल्न उड्यो
बिहानझिसमिसेमै
चरासँगै आकाश छुँदै
क्षितिजपारिपारि
सपनाको देश ।
तर छैन सहज
आगो उम्रने देशमा
तातो राप रज्वालानिल्दै
मरुभूमिको बालुवा केलाएर
शीत बटुल्न ।
उ फर्कँदा
विशालआकाशका
जूनताराहरू
सारङ्गी रेट्दा रेट्दै थाकेर
अस्ताइसकेछन्
औंसी रात बोकेर ।
अनि उ
निस्सासिँदै शून्यतामा
औंसी रातको सन्नाटामा
खोज्दैछ
आशाकादर्बिला सहाराहरू
पूर्णिमाकाजूनताराहरू ।
वि.सं.२०८२ कात्तिक ३ सोमवार १३:११ मा प्रकाशित




























