back
CTIZAN AD

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

वि.सं.२०८२ कात्तिक ३ सोमवार

1.1K 

shares

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

महाकवि देवकोटा विसं १९६६ कात्र्तिक कृष्ण औँसीमा काठमाडौँको डिल्लीबजारमा जन्मनुभएको हो। दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका उहाँका सयभन्दा बढी कृति प्रकाशित छन्। ‘मुनामदन’ खण्डकाव्य उहाँको सबैभन्दा बढी बिक्ने रचनामा पर्छ।

देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उहाँले नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएको थियो। विदेशमा नेपाली कृतिहरूको अनुवाद र सम्मेलनमा प्रतिनिधित्व गर्नुभएका देवकोटा साहित्यमा आधुनिक महाकाव्य लेखनका प्रवर्तक मानिनुहुन्छ।

उहाँले शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नुभएको थियो। तत्कालीन राजनीतिक र आर्थिक कठिनताबीच पनि उहाँले उच्चस्तरका साहित्यिक योगदान दिनुभएको थियो।

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार ११:५६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...