back

कविता- प्यारो भकारो

वि.सं.२०८२ कात्तिक ३ सोमवार

825 

shares

अहङ्कारी आग्लोमा उभिएर
अग्लिएको मान्छे म
वरिपरि हेर्नु छैन मैले
मेरा आँखा पर छन् सुदूर पर
मेरा घरले कति घरआँगनमा ओस भर्‍यो
हेर्नु बुझ्नु छैन मैले

मेरा गोरुको बारै टक्का
मलाई नटेर्नेले पाउँछ धक्का
मुठीमा माटो उठाउनु छैन मैले
मलाई उभ्याउनु छ अग्लो खम्बा
टाँस्नु छ देखिने गरी अनुहार
कसले के भन्छ सुन्नु छैन मैले

मलाई गर्नुछ मेरो काम
गर्छु मैले जे भन्छ मनले
किन खोज्नु मैले कहाँ छ जीवन ?
कति उज्यालो छ झोपडी ?
नाप्नु छैन मैले

म आफै रमाउने हो महलमा
खन्नु खोस्रनु छैन माटो
बिउ रोप्ने रहर होइन मेरो
के खाँचो मलाई उत्पादन बढाउन
खानु छैन मैले मेरै बारीको साग
आयातमा गर्व गर्ने स्वाभिमानी
मान्छे म

हात थापेर खान्छु
थापेकै खुराकले मोटाउँछु
लाज मान्नु छैन मैले
म निर्धक्क माग्न सक्छु
हो नि मागमै त कमाइ छ
फेरि चुनाव पनि जित्नु छ मैले
म देश बनाउने मान्छे

कसैले साँढे देख्छ मलाई
भकारो खाली गर भन्छ
म त्यसका आँखाको शल्यक्रिया गराउँछु
तर मलमूत्र जति थुप्रिए पनि
कति प्यारो छ मलाई
भकारो किलो र दाम्लो
भकारोमै रमाउँछु म

सुन हे ! सुन फेरि सुन, राम्ररी सुन
मेरा प्रिय आसेपासे दयँराले सुन
हतार नगर तिमीहरू!
आर्यघाटले सलामी नपाई
सफा हुँदैन भकारो
ढुक्क होऊ मित्रहरू
म मेरै प्यारो भकारोमा खुसी छु !
यत्रो रहर ! कत्रो हतारो !
उधुम रहर छ भकारोमा बस्ने ?
बनाए हुन्छ गोठ । -2

वि.सं.२०८२ कात्तिक ३ सोमवार १३:२५ मा प्रकाशित

Himalayan Life AD
जूनताराहरूको खोजीमा

जूनताराहरूको खोजीमा

उ शीत बटुल्न उड्यो बिहानझिसमिसेमै चरासँगै आकाश छुँदै क्षितिजपारिपारि सपनाको...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ...

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

स्याङ्जा, त्रियासी । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक...

सुसेली : यमपञ्चक

सुसेली : यमपञ्चक

दुर्गा अधिकारी भमरकोटे, हाल कपन १. हाम्रो चाहाना तिहारको सबैमा...

झिल्का कविता

झिल्का कविता

प्रमोद नेपाल, वीरगञ्ज, हाल- काठमाडौँ १) गरौँ श्रीकृष्णको जय पालनहार...

कविता : पोखरा

कविता : पोखरा

घनश्याम पौडेल, पोखरा हिमाल हाँस्छ मस्कदै,बिहान घाम आउँदा मुनाल नाँच्छ...