back
CTIZAN AD

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक १३ बिहीवार

606 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको दिन उत्साहजनक रहनेछ। नयाँ योजना र सोचले सफलता दिलाउनेछ। कार्यक्षेत्रमा सहयोगीको समर्थन पाइनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। मनमा प्रसन्नता र आत्मविश्वास बढ्नेछ। आर्थिक लाभ हुने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतअनुसार राम्रो फल प्राप्त हुनेछ। व्यापारमा फाइदा र सम्बन्धमा मिठास बढ्नेछ। पारिवारिक काममा व्यस्त रहनु पर्नेछ। नयाँ कुरा सिक्ने अवसर आउन सक्छ। स्वास्थ्यमा सानो सुधार हुनेछ। मनमा सकारात्मक सोच बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मित्र वा आफन्तसँगको भेटघाटले आनन्द दिनेछ। अध्ययन, लेखन र सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। लगानी वा व्यापारमा फाइदा हुनेछ। केही काम ढिलो भए पनि परिणाम शुभ हुनेछ। यात्राको योग पनि देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्ष सुदृढ बन्नेछ। रोकिएका काम अघि बढ्नेछन्। सामाजिक र पारिवारिक कार्यमा सम्मान पाइनेछ। आत्मबलले कठिन परिस्थिति पार गर्न सकिनेछ। घरमा शुभकार्यको चर्चा चल्न सक्छ। नयाँ सम्बन्ध विस्तार हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतको परिणाम आज पाउने दिन हो। अरूको सल्लाह उपयोगी बन्न सक्छ। व्यापारमा लाभ र पदोन्नतिको अवसर आउन सक्छ। प्रेम सम्बन्धमा नजिकता बढ्नेछ। घरका जिम्मेवारी पूरा गर्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप बढे पनि उत्साह कायम रहनेछ। बुद्धिको प्रयोगले कठिन समस्या समाधान हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आफन्त वा साथीको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने सम्भावना छ। आत्मविश्वास उच्च रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्पर्क र सम्बन्ध विस्तारको समय छ। व्यापारमा वृद्धि हुनेछ। नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ। घरपरिवारमा खुसीको वातावरण रहला। सानो प्रयत्नले ठूलो परिणाम आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूले गरेको परिश्रमको उचित मूल्य पाइनेछ। पुराना विवादहरू समाधान हुनेछन्। आर्थिक सुधारको संकेत छ। आत्मीय व्यक्तिको साथले मन प्रफुल्लित हुनेछ। धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ। आत्मिक सन्तुष्टि प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो विचार र निर्णयमा दृढ रहनुहोस्। नयाँ अवसरको सुरुवात हुनेछ। परिवारजनको समर्थन पाइनेछ। काममा राम्रो नतिजा आउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। यात्राको योग देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा प्रगति हुनेछ। अरूले तपाईंको प्रयासको प्रशंसा गर्नेछन्। आर्थिक लाभ र सम्मान प्राप्त हुने सम्भावना छ। पारिवारिक जीवन सन्तोषजनक रहला। साथीहरूसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। नयाँ योजनाले लाभ दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आत्मविश्वास बलियो बन्नेछ। रोकिएका काम बन्नेछन्। आर्थिक पक्षमा सुधार आउनेछ। प्रेम र सम्बन्धमा विश्वास बढ्नेछ। अध्ययनमा मन जानेछ। सल्लाह लिएर अघि बढ्दा सफलता पाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यले साथ दिनेछ। रोकिएका काममा सफलता मिल्नेछ। सामाजिक सम्मान बढ्नेछ। घरपरिवारमा खुसी रहला। स्वास्थ्य सन्तुलित रहनेछ। नयाँ काम वा योजना सुरु गर्न उपयुक्त समय छ।

२०८२ कार्तिक १३ गते, बिहीवार, ३० अक्टोबर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ कात्तिक १३ बिहीवार ०७:०२ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...