back
CTIZAN AD

लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति

वि.सं.२०८२ कात्तिक १२ बुधवार

663 

shares

काठमाडौँ । सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो । हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो । तर, समय बलियो थियो, यो दुर्घटनाले मानवीय क्षति भएन ।

आज बिहान ८ः१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकप्टर लुक्लाबाट (४,९४० मिटर) लोबुजेतर्फ उडेको थियो । मङ्गलबार राति परेको बाक्लो हिमपातपछि त्यहाँ रोकिएका केही पर्यटकलाई उद्धार गर्न हेलिकप्टर त्यसतर्फ उडेको थियो । तर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा सतहमा जमेको हिउँले रनवे चिप्लियो, अनि हेलिकप्टरको पुच्छर जमिनमा ठोक्कियो ।

‘अवतरणकै क्रममा हेलिकप्टर चिप्लिएर पछाडिको भाग क्षतिग्रस्त भएको हो’, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भने ‘तर पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ, यो खुसीको खबर हो ।’

उनका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर अहिले पनि सोही क्षेत्रमा छ ।बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण तत्काल उद्धार सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिए । ‘हेलिकप्टर हिउँमा केही भाँसिएको छ, त्यसैले उडान सम्भव छैन’ उनल भने ।

दुर्घटनाको क्षणमा हेलिकप्टरमा पाइलट खड्का एक्लै सवार थिए । उनलाई अर्को हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

‘हामीले तत्काल उद्धारको व्यवस्था गरेका थियौँ, पाइलट सकुशल हुनु ठूलो राहत हो’, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने ।

हिउँले ढाकिएको सगरमाथा क्षेत्रः पर्यटक होटलमा

मङ्गलबार रातिदेखि परेको लगातार हिमपातपछि सगरमाथा क्षेत्र सेतो चाँदरले ढाकिएको छ । दिङबोचे (चार हजार ४१० मिटर) माथि मात्र अहिले करिब तीन सय ३२ जना विदेशी पर्यटक रहेको प्रशासनले जनाएको छ । ‘ती सबै पर्यटक होटलभित्र सुरक्षित छन्’, प्रहरी नायब उपरीक्षक कुँवरले भने ।

मौसम अझै बिग्रिँदै गएकाले तल्लो क्षेत्रमा झर्नेहरूको सङ्ख्या बढेको उनले जानकारी दिए ।सगरमाथा क्षेत्रमा अहिलेको अवस्था ‘उच्च जोखिमयुक्त तर शान्त’ जस्तो देखिएको प्रहरी नायब उपरीक्षक कुँवरको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहानदेखि खुम्बु क्षेत्रमा सबै हेलिकप्टर र विमान उडान रोकिएका छन् । मौसममा सुधार नआएसम्म कुनै उडान सम्भव नभएको जनाइएको छ ।

 

वि.सं.२०८२ कात्तिक १२ बुधवार १६:०५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...