back
CTIZAN AD

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार

789 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वासका साथ अघि बढ्दा सफलता प्राप्त हुनेछ । मिहिनेतको प्रतिफल राम्रो पाइनेछ । नयाँ अवसर र शुभ समाचार प्राप्त हुन सक्छ । आर्थिक पक्ष मजबुत बन्नेछ । प्रेम सम्बन्धमा नजिकिन सहयोगी समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामप्रति लगन बढ्नेछ । रोकिएका काम बन्नेछन् । व्यापारमा नाफा बढ्ने सम्भावना छ । पारिवारिक सल्लाह लाभदायी बन्नेछ । धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, सावधानी अपनाउनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । साथीभाइको सहयोगले हौसला बढ्नेछ । यात्राबाट लाभ मिल्ने सम्भावना छ । प्रेम र पारिवारिक सम्बन्धमा सामञ्जस्यता रहनेछ । अध्ययन र ज्ञानमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक र पारिवारिक प्रतिष्ठा बढ्नेछ । अरूको सहयोगले काममा सजिलो हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । आफन्तसँग भेटघाटले हर्षित बनाउनेछ । स्वास्थ्यमा सानो सुधार आउने संकेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यावसायिक क्षेत्रमा सुधार आउनेछ । नयाँ कामको सुरुवातका लागि अनुकूल समय छ । परिवारमा खुसी र मेलमिलाप बढ्नेछ । मान–प्रतिष्ठा र आत्मबल वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आवश्यक देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज दिगो लाभ हुने काममा जुट्न सकिनेछ । पुरानो प्रयास सफल बन्नेछ । शुभचिन्तक र सहयोगीहरूको साथ पाइनेछ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । पारिवारिक खुसी बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ योजना बनाउन अनुकूल समय छ । आर्थिक लाभको योग बलियो छ । सानो प्रयासबाट ठूलो सफलता प्राप्त हुनेछ । साथी र सहयोगीहरू साथमा रहनेछन् । आजको दिन प्रसन्न र फलदायी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा चुनौती आउन सक्छ तर धैर्यले पार गर्न सकिनेछ । आत्मबलले कठिनाइ हटाउनेछ । व्यापारमा सुधार आउनेछ । आफन्तसँग भेटघाट लाभदायी बन्नेछ । विचारमा स्थिरता ल्याउनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय लाभदायी रहनेछ । अधुरो काम पूरा हुनेछ । पढाइ, लेखाइ र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । नजिकका व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा मिठास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सफलताको नयाँ ढोका खुल्नेछ । मिहिनेतले मान–सम्मान दिलाउनेछ । आर्थिक रूपमा सुदृढता आउनेछ । सामाजिक कार्यमा सहभागिता बढ्नेछ । काममा मन लाग्ने र उपलब्धि प्राप्त हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नेछन् । व्यापारमा लाभ हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । सानो प्रयत्नले ठूलो उपलब्धि प्राप्त हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मबल र हिम्मत बढ्नेछ । अध्ययन, लेखन वा सृजनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक सहयोगले मन प्रसन्न रहनेछ । आर्थिक लाभको सम्भावना छ । प्रेम र मित्रताको बन्धन बलियो बन्नेछ ।

२०८२ कार्तिक २० गते, बिहीबार, ६ नोभेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५८ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका...

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी...