back
CTIZAN AD

वामदेव गौतमको प्रश्न– ‘पार्टीको आर्थिक स्रोत कहाँबाट आउँछ?’

वि.सं.२०८२ कात्तिक १९ बुधवार

1.1K 

shares

काठमाडौँ । नेकपा नेता वामदेव गौतमले पार्टी नेतृत्वसँग आर्थिक पारदर्शिताको माग गरेका छन्। बुधबार भएको एकता सभामा बोल्दै उनले पार्टी र नेताहरूले कहाँबाट आर्थिक स्रोत जुटाउँछन् भन्ने प्रश्न गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई स्पष्ट पार्न आग्रह गरे।

गौतमले पार्टीले पुँजीपतिसँग चन्दा उठाएर चलाउने प्रवृत्तिमाथि असन्तुष्टि जनाए। उनले पार्टीलाई आर्थिक उत्पादन र सदस्यहरूको योगदानमा आधारित बनाउनुपर्ने सुझाव दिए। उनले भने, “हामीसँग दुई हजार प्रतिनिधि र १२ लाख सदस्य छन्, यी सदस्यलाई सक्रिय बनाए छ महिनामा २० लाख बनाउन सकिन्छ।”

उनका अनुसार पार्टी निर्माणका लागि बलिदान दिन तयार हुनुपर्नेछ। उनले आफू पनि त्यसका लागि तयार रहेको बताउँदै भने, “समाजवादी क्रान्ति केका लागि हो? त्यसको स्पष्ट दिशा चाहिन्छ।” गौतमले समाजवादको कुरा नारामा सीमित नभई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

संविधानमा व्यवस्था गरिएको लोकतान्त्रिक समाजवाद लागू गर्न नेतृत्व तयार भए आफू पूर्ण साथ दिन तयार रहेको उनले जनाए। उनले भने, “मैले भनेका कुरा लागू गर्नुभयो भने दुई जना कमरेडलाई काँधमा हालेर हिँड्न सक्छु।”

उनले दसवटा कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएको यो अवसरलाई ऐतिहासिक उपलब्धि ठहर गरे। तर उनले चेतावनी दिए— “यदि हामीले आर्थिक पारदर्शिता र समाजवादको व्यावहारिक कार्यान्वयन गर्न सकेनौं भने फेरि एकता कमजोर हुन सक्छ।”

वि.सं.२०८२ कात्तिक १९ बुधवार १८:५८ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका...

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी...