back
CTIZAN AD

नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र हो : सहसंयोजक माधवकुमार नेपाल

वि.सं.२०८२ कात्तिक १९ बुधवार

558 

shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए ।

सहसंयोजक नेपालले भन्नुभयो, “आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।” मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे ।

“ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,” सहसंयोजक नेपालले भने  ।

कम्युनिष्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्य गरिएको, जनप्रतिनिधिबाट संविधान बनाइएको उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको जिकिर गरे । “नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ”, उहाँले भन्नुभयो, “मुलुक र जनताले भोग्नु परेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।”

अब कमीकमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प जगाउन सक्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले त्यसदिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने बताए ।

वि.सं.२०८२ कात्तिक १९ बुधवार १८:५५ मा प्रकाशित

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका...

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी...

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...