back
CTIZAN AD

कविता : आखिर जल्नै पर्छ

वि.सं.२०८२ कात्तिक २२ शनिवार

654 

shares

विदुर अधिकारी,चितवन

तेरो मेरो भन्दै जीवन, तिक्त बनायौँ भवमा
स्वार्थी बन्दै सबतिर घुम्दै,दुःख दिलायौँ सबमा
जति नै चम्क्योस् जोबन हाम्रो,अन्तिम ढल्नै पर्छ
हे बान्धव हो स्वार्थी नबनौँ आखिर जल्नै पर्छ
(१)

सृष्टिकला यो बुझ्नु छ साँचो, दृष्टि लगाए फुल्छ
सार्थक जीवन फुल्न सकेमा,शान्ति धरामा खुल्छ
नातागोता धन सब छाडी,यो जग त्याग्नै पर्छ
हे मानव हो भोगी नबनौँ, आखिर जल्नै पर्छ
(२)

“मैझैँ जान्ने छैनन् कोही“, भन्छौँ दम्भ लिएर
सभ्यपनाको छैन निसानी, बोल्छौँ राग पिएर
जति नै दामी हौँ सब नामी, यो भव छाड्नै पर्छ
हे सज्जन हो, दम्भी नबनौँ आखिर जल्नै पर्छ
(३)

मर्दैनौँ झैँ ठान्छौँ कहिल्यै,बोल्छौँ घातक बोली
हेप्दै बोल्छौँ खिस्सी गर्दै, सबजनमा विष घोली
बुझ्नु छ केवल एक चितामा अन्तिम चढ्नै पर्छ
हे मानिस हो क्रोधी नबनौँ ,आखिर जल्नै पर्छ
(४)

चाहे जोडौँ लाख बिगाहा, खेत मजाका बारी
चाहे राखौँ अर्बौँ रुपियाँ, सन्दुस भित्र थुपारी
के मिल्थ्यो सुख चेत नचल्दा,अन्तिम गल्नै पर्छ
हे मानव हो, लोभी नबनौँ आखिर जल्नै पर्छ
(५)

छन्द : द्विपदी

वि.सं.२०८२ कात्तिक २२ शनिवार १०:५८ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...