back
CTIZAN AD

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

951 

shares

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । गएराति मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका हुन् ।

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गएराति नै प्रदेश अस्पताल पुर्याएको थियो । तर, टाउको र अनुहारमा चोट लागेकी सीतालाई अस्पताल पर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पर्वतका प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए ।

कुटपिटको घटनापछि जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए ।

श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । तर, घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जनाएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:०१ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...