back
CTIZAN AD

मङ्सिर भित्रै काँग्रेसको नियमित महाधिवेशन गर्न काँग्रेस नेता दीपक गिरीको माग

वि.सं.२०८२ कात्तिक २६ बुधवार

600 

shares

ललितपुर । नेपाली काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् ।

‘महाभारत युद्धको १४ औँ दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारि दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै वध गर्न सहयोग गर्नुभयो । यसबाट हामीले बुझ्नुपर्छ कि भदौ २४ को विध्वंस काँग्रेस, एमालेलाई सत्तामा फर्काउन होइन, तिनको विकल्प खोज्न गराइएको थियो। त्यसैले समयमै हामीले यो बुझेर कदम चाल्नुपर्छ ।’

उनले पार्टीलाई ‘बिजनेस एज युजुएल’ को शैली छोडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको बिचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गिरीले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिनको माग पनि गरे । उनले ‘गत भाद्र २४ गते आन्दोलनको आवरणमा काँग्रेसका कार्यालय, नेताका घर र धरोहरहरूमा छानी–छानी गरिएको तोडफोड र आगजनीको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग पनि गरे।

उनले देशको अस्तित्वमाथि नै खतरा रहेको भन्दै मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको पनि उल्लेख गरे । गिरीले भने ‘माझीहरूले सल्लाह गर्दागर्दै सात गाउँ डुबे’ भन्ने नेपाली उखान स्मरण गराउन चाहन्छु । त्यसैले अहिले पार्टी अनिर्णयको बन्दी हुनु हुँदैन ।’

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको उदाहरण दिँदै काँग्रेस पनि समय सुहाउँदो नयाँ नेतृत्वका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसलाई सच्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न काँग्रेस संसद् पुनः स्थापनाको पक्षमा जाने कि नजाने एउटा औपचारिक धारणा बनाउन पनि आग्रह पनि गरे ।

काँग्रेस बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा धारणा राख्दै गिरीले देशभरिका महाधिवेशन प्रतिनिधिहरूको भावनाको सम्मान गर्दै मङ्सिर महिनाभित्रै नियमित महाधिवेशन गर्ने कार्यपालिका सार्वजनिक गर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन पनि माग गरे ।

यसैगरी, गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कारबाही गरिएका सबै काँग्रेसजीलाई वर्तमान राजनैतिक परिस्थितिमा आम माफी दिन पनि उनले आग्रह गरे ।

पूर्व मन्त्री समेत रहेका निवर्तमान सांसद गिरीले भ्रष्टाचारको अन्त्य, पारदर्शिता, र नेतृत्वमा जबाफदेहिताको संस्कृति विकास गर्न संरचनागत सुधार अपरिहार्य रहेको औँल्याए ।

उनले नयाँ नेपाल बनाउन नयाँ काँग्रेस बनाउनै पर्ने बताउँदै पार्टी सुधारको प्रयास गाउँ तथा नगर तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले काँग्रेसले पार्टीभित्र आमूल सुधार गरेर, आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण गर्ने युवाहरूको चाहना पुरा गर्न सक्ने नीति र कार्यक्रम ल्याएर जनताको बिचमा जान अब ढिला गर्न नहुने पनि दोहोर्‍याए ।

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:३२ मा प्रकाशित

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...