काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।
काम गर्ने फुर्सद नभएर जिल्ला सभापति पदबाट राजीनामा दिएको उनले बताए । पार्टीको प्रचलनअनुसार बिष्टले बागमती प्रदेश समितिमा राजीनामा बुझाएका छन् ।
‘काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको छु, पार्टीबाट होइन,’ उनले भने ।
वि.सं.२०८२ मंसिर ७ आइतवार १३:५५ मा प्रकाशित






























