back
CTIZAN AD

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन सुरु

वि.सं.२०८२ मंसिर ८ सोमवार

387 

shares

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु भएको छ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ः०० बजदेखि सुरु भएको हो ।

सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाए । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश थिए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको थियो ।

वि.सं.२०८२ मंसिर ८ सोमवार १५:३७ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...