नेपालमा विगतका गैह् जिम्मेवार, भ्रष्ट, कुशासन र आफ्ना दलभित्रका कार्यकर्तादेखि मन्त्रीसम्मलाई संरक्षण गर्ने अरुलाई तह लगाउन जालझेलपूर्ण तरिका अप्नाई कार्वाही गर्ने जुन परिपाटी चल्दै आयो यसको परिणामस्वरुपः देशमा चरम अन्याय, बेरोजगारी, युवा विदेश पलायन हुनुपर्ने अवस्था सिर्जना ग¥यो । प्रतिफल नदिने परियोजनामा धेरै ऋण लिएर लगानी गर्ने, कमीसन खाने, पूर्वाधारका नाममा सडक आयोजना, जलविद्युत, आदिकार्य भए पनि ती परियोजनालाई कहिल्यै अर्थतन्त्रसंग जोड्ने र आमकिसान, मजदूर र गरिब वर्गलाई रोजगारी दिनेतर्फ खासै ध्यान दिइएन । एउटा सामान्य आयोजना सम्पन्न हुन वर्षौ लाग्ने तर काम भने गुणस्तरको नहुने जुन परिपाटी देशमा विद्यमान रह्यो यसले चरम निरासा प्रदान ग¥यो । फस्वरुपःगएको भाद्र २३ देखि २४ सम्म जेन—जीविद्रोह भयो । सुरुमा सरकारले यीनीहरुले यस्तो विद्रोह गर्न सक्दैनन् भन्ने अपरिपक्व जुन ऑकलन गरियो यो कस्ता व्यक्तिहरुले नेपालमा सरकार चलाउ‘दा रहेछन् भन्ने एउटा दृष्टान्त देखियो । अझ यत्रो विध्वश हु‘दासम्म र आफूले सत्ता छाड्नु पर्ने अवस्थाआई एउटा कोठरीमा सीमित हुनु पर्दासमेत त्यो दम्भ, अहंकार र आत्मवोध हुन सकेको देखिदैन । यो कस्तो विडम्बना हो ?यसको बारेमा धेरै टिका टिप्पणी भइ सकेको हु‘दा अब धेरै कोट्याउनु उचित नहोला ।
जेन–जीले सानो–सानो कुरामा खुशी मनाउने र राजनीतिक टुक्राहरूमा सन्तुष्ट हुने पुरानो युगलाई चुनौती दिएका छन् । अब उनीहरूले अन्याय, असमानता, घमण्ड र धोखाधडीको अन्त्यगर्दै समग्र पुनर्संरचनाको माग गरिरहेका छन् । सचेत र सोच्ने मानव प्राणीका रूपमा, जो आफ्ना–आफ्ना समुदायमा बस्छौं, हामीसँग विकल्पहरू छन् । हामीले एकसाथ बस्ने तरिकामा मौलिक सुधार गर्न सक्छौं, र जेन–जी हामीलाई जगाउन आफ्नो भाग पूरा गर्दैछ ।
भदौको जेन–जी विद्रोहले राजनीतिक परिवर्तन गर्न सकेन । केवल पुराना सत्ताधारीलाई घर पठायो । सँगसँगै जुन विध्वंस भयो, त्यसले आर्थिक क्षेत्रलाई थप ओरालो लगाउने निश्चित प्रायः छ । विश्व बैंकले भनिसक्यो कि नेपालको आर्थिक वृद्धिदर अब २.१ प्रतिशतमा झर्ने छ । उसको यो प्रक्षेपण वर्ष २०८२÷८३ का लागि हो । तर, पुनर्निर्माण लगायत पुनरुत्थानका काम हुन सके ४.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । जेन–जी विद्रोहले खासमा देशलाई कुनै राजनीतिक निकास दिन सकेन । एकथरीको विस्थापन र अर्काेथरीको स्थापनमै यो सीमित भयो । त्यसैले नै अझ राजनीतिक अन्योल बढेको छ । सरकार चुनाव गराउने भन्छ तर उपयुक्त वातावरण बन्न सकिरहेको देखिदैन । प्रधानमन्त्री सुशीला कार्की दलका प्रमुख नेताहरूसँग वार्ता गर्न अनिच्छुक छिन् । व्यवहारले नै त्यो पुष्टि गरिरहेको छ ।
यस विद्रोहमा उछृङखल तत्वको घुषपैठ भएको कुरामा भने अब कुनै शंका रहेन । यो विध्वसकारी घटना पूर्वतयारीका साथ अति प्रज्वलनशील रासायनिक तत्व प्रयोग भएको देखिएको छ । सुरक्षा संयन्त्रको मनोबल गिराइएको छ । यो हाम्रो राष्ट्रलाई असफल बनाउने श्रृङखलाबद्ध षड्यन्त्रको एउटा कडी हो । यसबाट सबै सचेत नेपाली नागरिक गम्भीर हुनैपर्छ ।
जेन–जी विद्रोहका बेला निजी प्रतिष्ठानहरू ध्वंस पार्ने कुकृत्यले निजी क्षेत्र धस्सिएको छ । सरकार पुनर्निर्माणका लागि स्रोत जुटाउने चुनौतीमा छ । यिनै कारण अर्थतन्त्र निर्बल हुनु स्वाभाविक भयो । अनि, अर्थतन्त्रको वृद्धि खुम्चिने स्वाभाविक प्रक्षेपण आयो । खासमा अर्थतन्त्र बलियो बनाउने एउटा बलियो खम्बा निजी क्षेत्र हो । तर, यो देशमा लगानी गर्नु, व्यवसाय गर्नु र उद्योग चलाउनु भनेको अपराध हो भन्ने जेन–जी विद्रोहको विध्वंसले दिएको सन्देश थियो । झन् सरकारले त्यस्ता अपराधीहरूलाई कठधरामा ल्याउने जाँगर चलाएको छैन । कारागारबाट भागेका कैदी फुक्काफाल छन् । त्यसैले समाजमा त्रास सिर्जना गरेको छ । मुलुकको अगाडि देखा परेको छ, अन्योलको अँध्यारो सुरुङ । अनि, त्यसैले आर्थिक मेरुदण्डमा नै चोट पु¥याएको छ । यसै पनि अर्थतन्त्र पहिले नै कमजोर आधारमा उभिएको थियो । राजनीतिक अस्थिरता पुरानो रोग थियो । त्यसमाथि थपिएको मुठभेडसम्मको वातावरणले अर्थतन्त्रलाई भलो गर्ने कुरै भएन । लगानीको वातावरण त परै, व्यापार व्यवसाय पनि चल्न सकेको छैन । लगानी नभए रोजगारी सिर्जना हुँदैन, राजस्व वृद्धि हुँदैन अनि अर्थतन्त्र चलायमान बन्दैन ।
विश्व बैंकको प्रतिवेदनले पनि सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने संकेत गरेको छ। हो, पनि जेन–जी विद्रोमाध्वंसको तारो पनि पर्यटन उद्योगसमेत भयो । यसै पनि अनुकूल वातावरण भएकै बेला भित्रिएको विदेशी लगानीमाथि आक्रमण भयो । त्यसले आतंक नै सिर्जना गरेको छ । यो आतंकको बादल नफाटेसम्म र ढुक्क नहुँदासम्म विदेशी त परै स्वदेशीले पनि लगानीको हिम्मत गर्ने छैनन् । सरकारले अराजकताको अन्त्यका लागि जुन कठोर चाल्नुपर्ने हो, त्यो चालेन । निर्वाचनको कार्यादेश मात्रै सुशीला कार्की नेतृत्वको सरकारको कार्यभार होइन, सुशासन पनि हो । भ्रष्टाचार नियन्त्रण पनि हो । त्यसका लागि चाहिन्छ, कानुनको राज । कानुनको राज भनेको दण्डहीनता हो । अपराधीहरूलाई दण्डित गर्नु हो । त्यसैमा चुकेको छ सरकार । अनि, प्रत्यक्ष असर परेको छ, अर्थतन्त्रमा । पुँजी पलायनको डरलाग्दो खतरा जो बढेको छ । जतिसक्दो छिटो सबैजसो कैदी फिर्ता ल्याउने, उपद्रव गर्नेहरूमाथि कारबाही गर्ने र शान्तिको वातावरण बनाउने कर्तव्य सरकारले पूरा गर्नुपर्छ । अनि, हुने निर्वाचनले मात्रै देशलाई निकास दिन सक्छ । अर्थतन्त्र पनि उँभो लाग्ने वातावरण बन्न सक्छ ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले हालै काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको जानकारी दिएका हुन् । निजी क्षेत्रमा भएको क्षति मध्ये करिब २३ अर्बको बिमा दाबी भएको उनले बताए । जेन—जी विद्रोहको क्रममा देशको प्रमुख प्रशासकीय भवन सिंहदरबार, सर्वोच्च अदालत र प्रतिनिधी सभा भवन समेत ध्वस्त पारियो यसले स्वाभिमानी तथा देशधक्त नेपालीको मुटुमा छुरी रोप्नु सरह नै भएको छ । यस विद्रोहमा उछृङखल तत्वको घुषपैठ भएको कुरामा भने अब कुनै शंका रहेन । यो विध्वसकारी घटना पूर्वतयारीका साथ अति प्रज्वलनशील रासायनिक तत्व प्रयोग भएको देखिएको छ । सुरक्षा संयन्त्रको मनोबल गिराइएको छ । यो हाम्रो राष्ट्रलाई असफल बनाउने श्रृङखलाबद्ध षड्यन्त्रको एउटा कडी हो । यसबाट सबै सचेत नेपाली नागरिक गम्भीर हुनैपर्छ । यो षड्यन्त्र धेरै पहिलेदेखि नै चल्दै आएको छ । तर यो देशका शासन सत्तामा रहने शासकहरुले कहिल्यै गंभीरतापूर्वक लिएनन् । यही अवस्था रहीरहने हो भने हाम्रो राष्ट्रिय अस्मिता, जनतामा निहीत सार्वभौमसत्ता सम्पन्नता र देशकै भौगोलिक अखण्डता गुम्ने खतरा दिनप्रतिदिन बढ्दैछ । नेपाली नागरिकहरुलाई यो देशमा बसेर केही हुन सक्दैन, यहॉ बसेर भविश्य बन्दैन, यहॉ केही गर्न सकिदैन भनेर मनाबल नै गिराई, पराधीन भई बॉच्न बाध्य पारिदै छ । अहिले मानिसहरुमा नैतिक मूल्यमान्यता अति नै गिरेको अवस्था छ । यस्तो नैतिकता र अनुशासन गिरेको अवस्था यस अघि यो देशमा कहिल्यै देखिएको थिएन । त्यसैले सामाजिक रुपमा पनि हामी धेरै कमजोर बनाइदै छौं । हाम्रो शिक्षा प्रणालीमा गम्भिर त्रुटी छ । यहॉ राष्ट्रियता, नैतिक मूल्यमान्यता, अनुशासन, स्वावलम्वीपन, आफूप्रति भरोसा गर्ने, मनोबल बढाउने, दिगो विकास, स्वःनिर्भर अर्थतन्त्र, आफ्ना देशका वीर वीरङ्गना, देशको ऐतिहासिक विरासत्को बारेमा न त पढाई हुन्छ न त यसको गौरवशाली इतिहासको याद गरिन्छ, देशभक्त नेता, देशको भूगोल, माटो र जनताको बलमा भर गर्ने र आफ्नो खुट्टामा आफैं उभिन सक्ने उपायहरुको बारेमा कहिल्यै पढाइदैन । यस कुरामा अब केही सोच्ने होकी ?
उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ । उनले अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न पुँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधा नगर्ने प्रयासमा रहेको सरकार रहेको कुरा उनले बताएका छन् ।
अन्त्यमा, जेन–जेडले एउटा उदाउँदो र नयाँ चेतनाको प्रतिनिधित्व गर्छ । यो नयाँ चेतना तिनको हतियार हो, जसद्वारा उनीहरूले पुरानो सत्ताको संरचना तोड्न र गुनासो मात्र गर्दै केही नगर्ने भ्रष्ट, नैतिकहीन र कुरा धेरै कामथोरै गर्ने द्वैधतालाई भङ्ग गर्न खोजेका छन् । यसले विद्यमान सत्तालाई केही झट्का अबस्य दिएको छ । तर यो अझै पयाप्त भने छैन । सुझबुझका साथ संविधान संसोधन गरेर जेन—जीका माग खासगरेर भ्रष्टाचारको अन्त्य, सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, गैह् सांसद विज्ञ व्यक्ति मन्त्री हुने, शासकीय स्वरुपमा परिवर्तन गर्ने, भद्धा संरचना सच्याउने र प्रदेश सरकारलाई कामकाजी अधिकार सम्पन्न बनाउने र संघीय सरकारको पुर्नसंरचना गर्नु पर्ने देखिन्छ । अब कसैलाई देशलाई अविकास, गरिबी, अर्काको भरमा बॉच्न, परनिर्भर र यथास्थितिमा रही रमाउने छुट छैन । यो देशले आर्थिक, सामाजिक रुपान्तरणमार्फत आमूल परिवर्तनको माग गरेको छ । अहिले यो देशलाई साम्राज्यवादीहरुको क्रिडास्थल बनाउन खोजिदै छ कुनै पनि देशभक्त, गरीखाने श्रमजीबीवर्ग, युवा, महिला, सचेत नागरीकका लागि सह्य हुने छैन । अस्तु ।
वि.सं.२०८२ मंसिर ९ मंगलवार ०९:१४ मा प्रकाशित





























