back
CTIZAN AD

एमालेले ११औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि पाँच बुँदे निर्देशन जारी

वि.सं.२०८२ मंसिर ९ मंगलवार

417 

shares

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनका लागि देशभर हुने प्रतिनिधि छनोट प्रक्रियालाई व्यवस्थित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ। सोमबार साँझ बसेको संगठन विभागको भर्चुअल बैठकले विभिन्न विषयमा निर्णय गर्दै निर्देशन सार्वजनिक गरेको हो।

संगठन विभाग प्रमुख काशीनथ अधिकारीका अनुसार प्रतिनिधि छनोटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्नुपर्नेछ। यसका लागि केन्द्रीय कमिटीले जारी गरेको पछिल्लो परिपत्रलाई आधार मान्न भनिएको छ।

कायम भएको अन्तिम मतदाता संख्या तत्काल केन्द्रीय संगठन विभागलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।

निर्देशनअनुसार मंसिर १२ गते साँझसम्म सर्वसम्मतिका लागि अन्तिम प्रयास गर्नुपर्छ। सर्वसम्मति नजुटेमा मंसिर १३ गते अनिवार्य रूपमा निर्वाचनमा गएर प्रतिनिधि चयन गर्नुपर्नेछ। कुनै पनि कारण देखाई मंसिर १३ गतेको कार्यक्रम सार्न नपाइने समेत स्पष्टीकरण गरिएको छ।

केही जिल्लामा प्रतिनिधि उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएपछि विभागले हस्तक्षेप गर्दै शुल्क अधिकतम १ हजार रुपैयाँभन्दा धेरै नलिन निर्देशन दिएको छ।

प्रतिनिधि छनोटका लागि तोकिएका जिम्मेवारीकर्मीहरू समयमै आफ्नो कार्यक्षेत्रमा पुगेर प्रक्रिया सहज बनाउन सक्रिय हुन पनि भनिएको छ।

एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने छ। सो महाधिवेशनका लागि करिब २२ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ।

वि.सं.२०८२ मंसिर ९ मंगलवार ११:२४ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...