back
CTIZAN AD

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर १० बुधवार

762 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज ऊर्जा र साहसको वृद्धि हुनेछ । विगतदेखि रोकिएका कामहरू अघि बढ्नेछन् । परिवारजनबाट विश्वास र सहयोग पाउनाले मन हल्का हुनेछ । आर्थिक पक्षमा सुधार आउने देखिन्छ, तर अनावश्यक खर्च बढ्ने सम्भावना भएकाले सतर्क हुनु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा मान–प्रतिष्ठा बढ्नेछ । सम्बन्धमा आएका केही टकरावहरू हट्दै जानेछन् र घर–परिवारमा उमंग फैलिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज केही चुनौती आए पनि धैर्यपूर्वक अघि बढेमा काम सफल हुनेछन् । स्वास्थ्यमा थकान र बोझ महसुस हुन सक्छ, त्यसैले आराम र पानी पिउनमा ध्यान दिनु राम्रो हुन्छ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ, तर सबैले सहयोग गर्ने वातावरण बन्नेछ । आर्थिक पक्ष स्थिर रहनेछ तर तत्काल धेरै लाभ हुने संकेत छैन । अध्ययन र ज्ञान–सीप विकासमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज बुद्धि र वाक्शक्तिको राम्रो उपयोग हुनेछ । समाजमा प्रभाव जम्नेछ र आफ्नो विचारले सबैलाई आकर्षित गर्न सकिनेछ । प्रेम तथा सम्बन्धमा नजिकिन पाईने परिस्थिती बन्नेछ । आर्थिक रूपमा नयाँ अवसरहरू खुल्ने सम्भावना छ । साथी–भाइसँगको सहकार्यले रोकिएका कामहरू सफल हुनेछन् । यात्राको योग पनि छ, जसले मन प्रसन्न पार्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा केही दबाब पर्ने देखिए पनि धैर्य र लगनशीलताले काम बन्नेछन् । पारिवारिक बन्दैमा समय बित्नेछ र घरमा खुसीयाली छाउनेछ । आर्थिक आयस्रोत बढ्न सक्छ, विशेषगरी पुराना लगानीबाट फाइदा पाईने संकेत छ । केही व्यक्तिसँग मतभिन्नता हुन सक्ला, तर व्यवहारिक ढंगले कुरा मिलाउने हो भने सम्बन्ध सुधारिन्छ । स्वास्थ्य सामान्य रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मबल बढ्नेछ र समाजमा प्रभाव जमाउने मौका आउनेछ । धन लाभका नयाँ अवसर देखिन्छन् र व्यापारमा गति आउनेछ । परिवारका सदस्यसँग समय बित्दा मन हलुका हुनेछ । अध्ययन वा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो परिणाम पाईने सम्भावना छ । व्यक्तित्वमा निखार आउनेछ र नेतृत्व क्षमताको कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजना बनाउने र भविष्यका काम अघि बढाउने उचित समय हो । केही अप्ठ्यारा परिस्थितिहरू आइपरे पनि बुद्धिको प्रयोगले सबै चुनौती हटाउन सकिनेछ । आर्थिक रूपमा स्थायित्व आउनेछ, तर ठूलो खर्च गर्ने सोच तत्काल बन्द गर्नु राम्रो हुन्छ । पारिवारिक वातावरण मधुर रहनेछ । सम्बन्ध सुधार्ने, मनमुटाव हटाउने र आत्मीयता बढाउने दिनछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका र अधूरा कामहरू एकपछि अर्को गर्दै सफलतापूर्वक पूरा हुँदै जानेछन् । आयस्रोतमा वृद्धि हुने सम्भावना छ । सामाजिक गतिविधिमा सहभागिता बढ्नेछ र सबैको मनमा राम्रो प्रभाव पार्न सकिनेछ । परिवारमा खुसीयालीको वातावरण रहनेछ । प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ । नयाँ योजना, नयाँ सम्झौता र भविष्यका कामले सकारात्मक मोड लिन सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धन लाभ र काममा सफलता पाईने दिन हो । अफिस वा व्यापारमा तपाईंका विचारहरूको कदर हुनेछ । पारिवारिक सहयोगले मनमा हौसला आउनेछ । आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ । पुरानो समस्या समाधान भई राहत मिल्नेछ । आजको दिन कुनै पनि ठूलो निर्णय लिन पनि उपयुक्त हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
नयाँ अवसरहरू आउनेछन् र व्यक्तित्वमा आत्मविश्वास बढ्नेछ । परिवारसँग नजिकिन पाईने दिन भएको छ । आर्थिक रूपमा लाभदायक अवस्थाहरू देखिन्छन् । ज्ञान, विद्या वा आध्यात्मिक क्षेत्रमा आकर्षण बढ्नेछ । काममा सन्तुष्टि मिल्नेछ र रोकिएका योजनालाई अघि बढाउन ऊर्जा पाईनेछ । यात्राबाट पनि फाइदा मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जिम्मेवारी बढ्न सक्छ तर तपाईंले सहजै पूरा गर्न सक्नुहुनेछ । आर्थिक रूपमा सुधार आउनेछ र नयाँ आयस्रोत खुल्नेछ । घर–परिवारमा स्नेह र सद्भाव बढ्नेछ । पुराना तनाव हट्दै जानेछन् । समाजिक क्षेत्रमा मान्यता बढ्न सक्छ । आफ्नो क्षमताको कदर पाईने राम्रो दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आर्थिक क्षेत्र विशेष बलियो रहनेछ । व्यापार–व्यवसायमा मनग्य फाइदा पाईनेछ । तपाईँमा देखिएको आत्मविश्वासले सबैलाई प्रभावित पार्नेछ । पारिवारिक वातावरण खुशनुमा रहनेछ । चिन्तित हुँदै आएका केही काम अचानक सफल हुनेछन् । नयाँ वस्तु किन्ने वा लगानी गर्ने योजना पनि बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज प्रतिष्ठा बढ्नेछ र समाजमा सम्मान पाईनेछ । काममा लागिपरेको मिहिनेतको राम्रो प्रतिफल मिल्नेछ । आर्थिक रूपमा अवसर आउनेछन् । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । परिवारसँग बिताएको समयले मन प्रसन्न रहनेछ । पुरानो मन दुखाइ हट्नेछ र नयाँ उत्साह जन्मिनेछ ।

मिति : २०८२ मङ्सिर १० गते, बुधवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर १० बुधवार ०७:५८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...