back
CTIZAN AD

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर ११ बिहीवार

396 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बलियो रहनेछ र कार्यक्षेत्रमा तपाईंको उपस्थितिको कदर हुनेछ । अरूले दिएको सुझाव उपयोगी बन्न सक्छ । आर्थिक रूपमा सहजता आउनेछ तर खर्च पनि बढ्ने सम्भावना छ, त्यसैले संयमित रहनु उपयुक्त हुन्छ । पारिवारिक वातावरण खुशनुमा रहनेछ र घरायसी काममा उर्जा वृद्धि हुनेछ । साथी–भाइसँग सहयोगात्मक व्यवहार हुँदा रोकिएका कामहरू अघि बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्यमा थकान महसुस भए पनि मानसिक रूपमा दृढता आउनेछ । जिम्मेवारी बढ्नेछ तर धैर्यपूर्वक अघि बढेमा राम्रो नतिजा प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा केही उतारचढाव देखिए पनि अन्त्यमा लाभ प्राप्त हुनेछ । परिवारभित्र केही कुरामा असहजता भए पनि कुराकानीद्वारा समाधान हुनेछ । अध्ययन तथा ज्ञान–सीपमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज सामाजिक तथा पारिवारिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । नयाँ योजना र प्रस्ताव आउने सम्भावना छ । व्यापार तथा कामकाजमा गति आउनेछ । प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ र नयाँ समझदारी विकास हुनेछ । आर्थिक रूपमा स्थिती राम्रो रहनेछ, तर अनावश्यक खर्चबाट सतर्क रहनु राम्रो हुन्छ । यात्राको योग पनि बलियो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा केही दबाब आए पनि तपाईँको प्रयासले सफलता मिल्नेछ । पारिवारिक सहयोग राम्रो प्राप्त हुनेछ । आर्थिक लाभका अवसर भेटिनेछन् । पुराना योजनाहरूलाई पुनः अघि बढाउन अनुकूल समय छ । सामाजिक क्षेत्रमा सहभागिता बढ्नेछ । स्वास्थ्य सामान्य रहला तर खानपिनमा ध्यान दिनु आवश्यक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कर्मफल राम्रो प्राप्त हुनेछ । अध्ययन, सिर्जनशीलता र प्रतिस्पर्धामा प्रगति हुनेछ । परिवार तथा समाजमा तपाईंको भूमिका महत्त्वपूर्ण बन्नेछ । आर्थिक क्षेत्र बलियो हुने संकेत छ । व्यापारमा लगानी बढाउने सोच छ भने आज उपयुक्त रहन सक्छ । प्रेम–सम्बन्धमा नयाँ विश्वास र आत्मीयता देखा पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दीर्घकालीन योजनाको सुरुवात गर्न राम्रो दिन हो । केही चुनौती आउन सक्छ तर बुद्धि र संयमताले समाधान पाईनेछ । आर्थिक रूपमा स्थिरता रहनेछ । पारिवारिक वातावरण सहयोगी बन्नेछ । पुराना गल्ती सुधार्न अवसर आउनेछ । सम्बन्धमा नयाँपन र आत्मीयता बढ्ने सम्भावना छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रोकिएका काम अघि बढ्नेछ । धन लाभका नयाँ अवसर प्राप्त हुन सक्छन् । सामाजिक क्षेत्रमा मान्यता बढ्नेछ । परिवारसँग बिताएको समय मनोउत्साह जगाउनेछ । साथीभाइ र सहयोगीहरूको साथ सहज रूपमा प्राप्त हुनेछ । प्रेमसम्बन्धमा बुझेको कुरा गहिरो हुनेछ र आत्मीयता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज काममा सफलता प्राप्त हुनेछ । आर्थिक रूपमा राम्रो फाइदा देखिन्छ । परिवारबाट प्रोत्साहन पाईनेछ र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । पुराना योजना सफल हुने सम्भावना छ । अभिव्यक्ति कलामा निखार आउनेछ । व्यवहारिक दृष्टिले सबैसँग सहज सम्बन्ध कायम राख्दा राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आत्मबल बढ्ने दिन हो । नयाँ अवसरहरू प्राप्त हुनेछन् । परिवार तथा आफन्तसँग भेटघाट हुनेछ, जसले मानसिक शान्ति दिन्छ । आर्थिक लाभका संकेत छन् । अध्ययन, लेखन वा आध्यात्मिक रुचिमा समय बित्न सक्छ । यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्नेछ तर तपाईँले सहजै पूरा गर्न सक्नुहुनेछ । आर्थिक अवस्थामा सुधार आउनेछ । घर–परिवारमा स्नेह बढ्नेछ । समाजमा तपाईंको छवि अझ राम्रो हुनेछ । कुनै पुरानो समस्या समाधान हुँदै जान्छ । नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज व्यापार–व्यवसाय तथा आर्थिक क्षेत्रमा फाइदा हुने संकेत छ । तपाईँको निर्णय क्षमता बलियो देखिन्छ । परिवारजनले तपाईंमा विश्वास राख्नेछन् । मनमा हिँडेका योजना पूरा गर्न उत्साह मिल्नेछ । नयाँ वस्तु किन्ने वा नयाँ लगानी गर्ने सोच बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समाजमा सम्मान प्राप्त हुनेछ । प्रतिभा र सीपको कदर हुनेछ । आर्थिक रूपमा लाभदायक दिन छ । प्रेम तथा पारिवारिक सम्बन्ध बलियो बन्नेछ । पुराना मनमुटाव हट्नेछन् । मानसिक रूपमा सकारात्मक र ऊर्जावान महसुस हुने दिन हो ।

मिति : २०८२ मङ्सिर ११ गते, बिहीवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०७:२० मा प्रकाशित

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...