back
CTIZAN AD

नेपाल रेमिटरर्स एशोसिएसन र मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी

वि.सं.२०८२ मंसिर ११ बिहीवार

354 

shares

काठमाडौँ । नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा, नेपाल रेमिटरर्स एशोसिएसन NRA ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस MAMSB सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गर्दछ ।

केही चरणका छलफलहरू पछि, दुवै संघहरूले मनी सर्भिसेस बिजनेस MBA क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएको छ । यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।

सम्झौता हस्ताक्षर समारोहका क्रममा,MAMSB का अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनी र NRA का अध्यक्ष श्री रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श गरे ।

यस अवसरमा ल्च्ब् का अध्यक्ष  रितेश मित्तलका अनुसार “यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो ।MAMSB सँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पु¥याउनेछ ।”

MAMSB का अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनीले भने “हामी नेपाल रेमिटर्स एशोसिएसनसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालना मार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा प्रतिबद्धता झल्काउँछ” ।

यो सहकार्यले दुवै संस्थाबीच सीप विकास, नीतिगत संवाद, र क्षेत्रीय समन्वयका नयाँ द्वारहरू खोल्नेछ । साथै, यसले विश्वभरका लाखौँ वैदेशिक श्रमिक र उनीहरूका परिवारका लागि अझ सुरक्षित, छिटो र किफायती रेमिटेन्स सेवाहरू उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम स्थापित गर्नेछ ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार १७:३१ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...