back
CTIZAN AD

फरवार्ड लघुवित्तले लघु कर्जा सुरक्षण सम्झौता गर्यो, विपन्न वर्गको कर्जा सुरक्षित हुने

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

912 

shares

विराटनगर, मोरङ। निक्षेप तथा कर्जा सुरक्षण कोषले ऋणी र एकाघरको पति वा पत्नीको मृत्यु, अशक्तता वा परियोजना नष्ट हुँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने लघु कर्जामा हुन सक्ने नोक्सानी विरुद्ध सुरक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ अन्तर्गत आज सुनसरीको दुहवीमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोषसँग कर्जा सुरक्षणको सम्झौता गरेको छ।

सम्झौता कार्यक्रममा फरवार्ड लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू, र कोषका विभागीय प्रबन्धक तथा शाखा कार्यालयका कर्मचारीहरूको उपस्थितिमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता अनुसार, फरवार्ड लघुवित्तले प्रवाह गरेको कर्जाको जानाजानी असफलतामा ७५ प्रतिशत र मृत्यु, अशक्तता वा परियोजना नष्टजस्ता परिस्थितिजन्य घटनाबाट कर्जा असफल भएको अवस्थामा १०० प्रतिशत दावी भुक्तानी कोषले गर्नेछ।

सम्झौता अनुसार योजनामा सदस्यता प्राप्त फरवार्ड लघुवित्तले नियमित वार्षिक सुरक्षण शुल्क ०.४ प्रतिशत तिर्नेछ र यसमा थप ०.१५ प्रतिशत शुल्क जोडिँदै कुल ०.५५ प्रतिशत सुरक्षण शुल्क तिर्नुपर्नेछ। यसरी, फरवार्ड लघुवित्तले विपन्न वर्गका व्यक्तिलाई लघु तथा साना उद्यम सञ्चालनका लागि प्रवाह गर्ने कर्जा पूर्णरूपमा सुरक्षित हुनेछन्।

यस सम्झौताबाट कर्जाको सुरक्षणका लागि आवश्यक चल–अचल सम्पत्तीको धितो लगायत अन्य जटिल व्यवस्था गर्नुपर्ने झन्झटबाट फरवार्ड लघुवित्तले मुक्त हुने अपेक्षा गरिएको छ। कोषले यस योजनाले ऋणी र कर्जा प्रदायक दुवैको सुरक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

 

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १६:३१ मा प्रकाशित

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...