back
CTIZAN AD

एन आई सी एशिया बैंक र एनसीएचएलबीच रणनीतिक सम्झौता

वि.सं.२०८२ मंसिर १५ सोमवार

723 

shares

काठमाडाैँ । एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुलाई NEPALPAY Card जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL) सँग रणनीतिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्यज्यू र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरे ।

यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना (Domestic Card Scheme) अन्तर्गतको यस NEPALPAY Card आफ्ना ग्राहक महानुभावहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच (National Card Switch – NPS–NCS) को प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ ।

यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित NEPALPAY Card जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस (POS) र एटीएम (ATM) नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताले बैंकका ग्राहक महानुभावहरुलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङ्गप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ । NEPALPAY Card मार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, Domestic Card Scheme योजनामा यस बैंकका ग्राहक महानुभावहरुको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ्ग सेवा पहुँच पुर्‍याउनुको साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

वि.सं.२०८२ मंसिर १५ सोमवार १६:३९ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...