back
CTIZAN AD

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

वि.सं.२०८२ मंसिर १७ बुधवार

2.2K 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य सङ्गमले आयोजना गरेको ‘देवकोटा काव्य उत्सव २०८२ तथा स्रष्टा सम्मान समारोह’ भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम कार्तिक २९ गते शनिबार गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रम सङ्गमका संस्थापक तथा नवनिर्वाचित अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा अघि बढाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि काजी रोशनलाई ‘जगत्रदेवी साहित्य सम्मान २०८२’ प्रदान गरिएको थियो ।
त्यसैगरी नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आएका स्याङ्जाली मूलका (हाल भुमही, नवलपरासी निवासी) साहित्यकार डा. श्यामप्रसाद न्यौपानेलाई ‘रेणुका डुम्रे स्मृति अक्षय कोष २०८२’ मार्फत दोसल्ला तथा सम्मानपत्र प्रदान गरियो । संस्थाका पूर्व अध्यक्ष सूर्यप्रसाद डुम्रेकी दिवंगत धर्मपत्नीको स्मृतिमा स्थापना गरिएको उक्त सम्मानको राशी पाँच हजार रुपैयाँ रहेको छ, जुन प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ ।

कार्यक्रममा प्रमुख अतिथि रोशनले स्याङ्जाका नवोदित कलमकारहरूलाई शुभकामना व्यक्त गर्दै साहित्य समाजलाई चेतनशील बनाउने सशक्त माध्यम भएको बताए । सभाध्यक्ष भट्टराईले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै “जगत्रदेवी साहित्य सङ्गमको पहिचान नै स्रष्टाप्रतिको सम्मान हो” भन्ने अभिव्यक्ति प्रस्तुत गरे ।

समारोहमा तीन दर्जनभन्दा बढी साहित्यकारको उपस्थिति थियो । उपस्थित साहित्यकारहरूले कविता, गीत, गजल र विविध साहित्यिक प्रस्तुति दिएपछि सभाहल पूर्ण रूपमा साहित्यमय बनेको थियो ।
कार्यक्रममा चण्डिकाप्रसाद भट्टराई, काजी रोशन, डा. श्यामप्रसाद न्यौपाने, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, संरक्षक राजेन्द्र गोपाल सिंह, नेपाल राष्ट्रिय लेखक सङ्घका सचिव मिलन समीर लगायतका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रह्यो ।


अनन्त अर्याल, ध्रुव शर्मा पंगेनी, हरि भट्टराई, शम्भु अर्याल, लेखनाथ काफ्ले, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, गुरु ढकाल, ढालबहादुर केसी, पार्वती थापा ‘पारु’, मित्रलाल गौतम, पारेश्वर न्यौपाने, तिलक भट्टराई, ऋषिराम भण्डारी, हिमालयजङ बानियाँ, लीलाम्बर डुङ्गाना, जगन्नाथ भण्डारी, टीकाराम वाग्ले, नारायण न्यौपाने, झवनाथ बस्याल, गोविन्दशरण रेग्मी, इन्द्रप्रसाद पाठकलगायतका रचनाकारहरूले आ–आफ्ना सिर्जनाहरू वाचन गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य सङ्गमकी कोषाध्यक्ष पार्वती थापा पल्लीले प्रस्तुत गरेकी थिइन् ।
संस्थाका उपाध्यक्ष लीलाबल्लौ अर्यालले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वबारे संक्षेपमा चर्चा गरे । कार्यक्रम सञ्चालन सङ्गमका सचिव डिल्लीराम भण्डारीले गरेका थिए ।

वि.सं.२०८२ मंसिर १७ बुधवार १२:५६ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...