मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै हाकिम बराबरै रवाफिला थिए । जिल्लाका डिएसपी मात्र होईन आफुलाई मन नपर्दा सीडीओ नै परिवर्तन गराईदिन्छु भन्न भ्याउथे उनी । एकपटक यस्तै काकताली परेछ पनि । सई सावले एक साँझ केहि आफुभन्दा जुनीयर र केहि बाहिरका मानिस ( बिभागले नचिन्ने) लाई बोलाएर ‘डिएसपीको फुर्ति मैले देखाईदीन्छु’ भन्दै तातीएर बोलेको एक हप्तामै जिल्लाका डिएसपिको सरुवा भएछ । बिचरा इमानदारका पगरी गुथेका जुनीयरलाई के थाहा उनीहरुलाई भ्रम नै परेछ कि आफनो थानेदार निकै शक्तिशालि रहेछ । तर त्यहाँ सत्य के थियो भने बिभागले उनको काम मन पराएर बिशेष टास्कका लागी डिएसपीको अन्यत्र सरुवा भएको थियो । अर्को सत्य पनि के थियो भने हराम प्रसाद थानेदार भएको लामो समय त्यहाबाट सरुवा हुन परेको थिएन । जिल्लाका हाकीम, अरु थानाका हाकीम बाराम्बर सरुवा हुँदा उनी त्यहि टिकिरहेका थिए । उनी त्यहाँ टिक्न सकेको कारण आफनो शक्ति नै हो भनेर अरुलाई खुल्लमखुल्ला ढाट्ने गर्दथे ।अरु बिचरालाई के थाहा, उनी लाज, शरम, घिन नमानि प्रसाद बटुल्थे र माथी भेटी चढाउथे ।
उनी मूरलीचोक थानालाई बिर्ता ठान्थे । यतिसम्म गर्थे की मूरलीचोक थाना ‘क’ श्रेणीको हुदासाथ ईन्सपेक्टरको दरबन्दी आउछ भनेर उनी सो थानालाई ‘ख’ राखीराख्न अनेक षडयन्त्र गर्दथे । उनी चौकीको थप बिकासका बाधक मात्रै बनेनन् की आफनै योग्यता, क्षमता बढाएर आफै ईन्सपेक्टर बन्ने सोच नै आएन बिचरालाई । थानेदार भएको आठ बर्षसम्म लिएको स्वाद र मस्तिमा लिप्त उनलाई संगठन र ब्यक्तिलाई घाटा बढदै गएको पत्तै भएन । बरु उनको कमजोरी उनैलाई भनिदिने दुई जना असई र एक जना हवल्दारलाई उनले अविवेकी सरुवा गराएका थिए ।
एकदिन हराम प्रसाद टवाइसीलाई संगै कार्यकक्षमा राखेर आफनो शक्तिको बखान के गर्दै थिए । ठिक त्यहि बेला जिल्लाको नयाँ डिएसपी शानमानका साथ त्यहा आईपुगे । ‘लौ हराम साब यो चौकी क श्रेणीमा अपग्रेट भयो । नयाँ ईन्सपेक्टर साब सहित हाल सात जना थपिएको छ । ल ईन्सपेक्टर रामहरी साबलाई स्वागत गर्नुस ।’ बिचरा हरामप्रसाद कालोनिलो भयो र हस साव भन्दै आफैले खेदेको पुरानो असईलाई नयाँ हाकीमको रुपमा सलाम ठोक्यो ।
वि.सं.२०८२ मंसिर १८ बिहीवार १४:३८ मा प्रकाशित



























