back
CTIZAN AD

जापान पठाउने १२६ म्यानपावरको नवीकरण रोकिँदा अन्योल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

414 

shares

काठमाडौं। जापानमा कामदार पठाउँदै आएका १२६ म्यानपावर कम्पनीको इजाजतपत्र साउनदेखि नवीकरण हुन नसक्दा उनीहरू चार महिनादेखि अन्योलमा परेका छन्। नवीकरण रोकिनुको कारण श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागबीच समन्वय नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन।

२०६६ सालमा बनेको पुरानो निर्देशिका खारेज गर्ने काम सुरु भएपछि नवीकरणसम्बन्धी फाइल मन्त्रालयमै थन्किएको छ। नेपालले अझै जिट्को मोडेलमार्फत कामदार पठाइरहे पनि जापानले यो प्रणाली सन् २०१७ मै हटाएको थियो। कानुनी अस्पष्टताका कारण नेपालले पुरानै विधिबाट कामदार पठाउँदै आएको हो। २०७५ मा वैदेशिक रोजगार ऐन संशोधन गरी दुई वर्षमा १०० जना कामदार पठाउनुपर्ने प्रावधान राखिएको थियो।

व्यवहारमा कार्यान्वयन गर्न नसकेकाले सरकारले हरेक वर्ष अवरोध हटाएर नवीकरण गर्दै आएको थियो। तर २०८२ साउन १४ मा यो प्रावधान हटाइएपछि पनि जापानका लागि सूचीबद्ध कम्पनीहरूको नवीकरण रोकिएको छ। धेरै कम्पनीले शुल्क तिरे पनि लाइसेन्स अद्यावधिक हुन सकेको छैन। वैदेशिक रोजगार व्यवसायी संघका अनुसार १२६ कम्पनी नवीकरणको प्रतिक्षामा छन्।

श्रम मन्त्रालयले पुरानो निर्देशिका खारेज गर्ने सिफारिस समितिबाट आइसकेकाले अन्तिम निर्णय नआएसम्म नवीकरण अघि बढ्न नसक्ने बताएको छ। जापानले हाल TITP मोडेल लागू गरिरहेको छ र सन् २०२७ देखि ESD कार्यक्रम ल्याउने तयारीमा छ। नेपाल भने अझै TITP बाटै कामदार पठाइरहेकाले समायोजनमा ढिलाइ भइरहेको देखिन्छ। यसबीच जापान जाने धेरै नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर गइरहेकाले उनीहरू महँगो खर्च वहन गर्न बाध्य छन्।

 

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १२:३३ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...