Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

हामेशलाई भित्राउने तयारीमा चेल्सी



james-rofriguez

३० जेठ, काठमाडौँ । रियल म्यााड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका कोलम्बियन अट्याकिङ मिडफिल्डर हामेश रोड्रिग्वेजलाई इङलिश क्लब चेल्सीले किन्ने तयारी गरेको छ । रियल म्याड्रिडमा पर्याप्त खेल्न नपाउदा असन्तुष्ट बनेका हामेशले रियल म्याड्रिड छोड्ने तयारी गरेको बेला चेल्सीले हामेशलाई किन्नलाई चासो देखाएको हो । रियलका प्रशिक्षक जिनेदिन जिदानले हामेशको ठाउमा इस्को, मार्काे एशेन्सियो जस्ता खेलाडीलाई प्राथमिकता दिदै आएका छन् । अघिल्लो सिजन निकै राम्रो प्रर्दशन गरेतापनि हामेशले  धेरै  समय  रियलको बेन्चमै बिताएका थिए ।

रियलले हामेशलाई किन्न चाहाने क्लबले ७० मिलियन पाउन्ड तिर्नुपर्ने बताएको छ । यस अघि हामेशलाई म्यान्चेष्टर युनाइटेडले किन्ने तयारी गरेता पनि रियलले भनेको मुल्यमा किन नसक्ने बताएपछि युनाइटेड जाने सम्भावना कम हुँदै गएको हो । उता चेल्सीका विलियनले भनेअनुसारको प्रर्दशन गर्न नसकेपछि विलियनलाई बेचेर हामेशलाई किन्ने तयारीमा चे्ल्सी लागि परेको हो । चेल्सीका म्यानेजर एन्टोनियो कोन्टेले चेल्सीको मिडफिल्ड एरियालाई सुदृढ पार्न हामेशलाई भित्राउन आतुर देखिएका छन् । स्रोतका अनुसार चेल्सीले हामेशलाई ६० मिलियन सम्म तिर्न सक्ने बताएको छ । स्रोतका अनुसार हामेशको क्लब स्थान्तरणको विषयमा दुई क्लबले छिट्टै निर्णय लिने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा