back

हामेशलाई भित्राउने तयारीमा चेल्सी

वि.सं.२०७४ जेठ ३० मंगलवार

678 

shares

james-rofriguez

३० जेठ, काठमाडौँ । रियल म्यााड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका कोलम्बियन अट्याकिङ मिडफिल्डर हामेश रोड्रिग्वेजलाई इङलिश क्लब चेल्सीले किन्ने तयारी गरेको छ । रियल म्याड्रिडमा पर्याप्त खेल्न नपाउदा असन्तुष्ट बनेका हामेशले रियल म्याड्रिड छोड्ने तयारी गरेको बेला चेल्सीले हामेशलाई किन्नलाई चासो देखाएको हो । रियलका प्रशिक्षक जिनेदिन जिदानले हामेशको ठाउमा इस्को, मार्काे एशेन्सियो जस्ता खेलाडीलाई प्राथमिकता दिदै आएका छन् । अघिल्लो सिजन निकै राम्रो प्रर्दशन गरेतापनि हामेशले  धेरै  समय  रियलको बेन्चमै बिताएका थिए ।

रियलले हामेशलाई किन्न चाहाने क्लबले ७० मिलियन पाउन्ड तिर्नुपर्ने बताएको छ । यस अघि हामेशलाई म्यान्चेष्टर युनाइटेडले किन्ने तयारी गरेता पनि रियलले भनेको मुल्यमा किन नसक्ने बताएपछि युनाइटेड जाने सम्भावना कम हुँदै गएको हो । उता चेल्सीका विलियनले भनेअनुसारको प्रर्दशन गर्न नसकेपछि विलियनलाई बेचेर हामेशलाई किन्ने तयारीमा चे्ल्सी लागि परेको हो । चेल्सीका म्यानेजर एन्टोनियो कोन्टेले चेल्सीको मिडफिल्ड एरियालाई सुदृढ पार्न हामेशलाई भित्राउन आतुर देखिएका छन् । स्रोतका अनुसार चेल्सीले हामेशलाई ६० मिलियन सम्म तिर्न सक्ने बताएको छ । स्रोतका अनुसार हामेशको क्लब स्थान्तरणको विषयमा दुई क्लबले छिट्टै निर्णय लिने बताइएको छ ।

वि.सं.२०७४ जेठ ३० मंगलवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...