back
CTIZAN AD

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको भारतमा मृत्यु

वि.सं.२०८२ पुस १२ शनिवार

1.1K 

shares

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ ।

गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतकको शब सीमावर्ती भारतीय नाका गलगलिय हँुदै आज घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

 

वि.सं.२०८२ पुस १२ शनिवार १७:४२ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...