back
CTIZAN AD

आयोगद्वारा समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आग्रह

वि.सं.२०८२ पुस १२ शनिवार

861 

shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेश गर्न अनुरोध गरेको हो ।

उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०८२ पुस १२ शनिवार १७:५१ मा प्रकाशित

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...