back
CTIZAN AD

बराबरीमा टुङ्गियो नेपाल यमनको खेल

वि.सं.२०७४ जेठ ३१ बुधवार

996 

shares

३१ जेठ, काठमाडौ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा मंगलबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रतियोगितामा जित हासिल गर्न नसकेपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गर्नुभयो ।

त्यस्तै यमनका प्रशिक्षक इब्राहिम मेब्रातोलले खेलमा बराबरी खेल्नु ठीकै भएको प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

समूह एफमा रहेको नेपालले समूह चरणको तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । नेपाल एक अङ्कसहित लिगको तेस्रो स्थानमा छ । त्यसैगरी यमन चार अङ्क जोड्दै समूहको शीर्ष स्थान उक्लेको छ । फिलिपिन्स भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको ताजकिस्तान अन्तिम स्थानमा छ ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०४:१३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...