back

एक महिनादेखि दुई बालिका बेपता, खोजी दिन आग्रह

वि.सं.२०७४ जेठ ३१ बुधवार

537 

shares
GLOBAL IME AD
NTC AD

३१ जेठ, राजविराज। सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् ।

सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र ७ वर्षीया छोरी सरोकुमारी खड्गा घरमा सामान्य विवाद हँुदा आवेशमा आएर घरबाट निस्केका र ती दुवै बालिका अहिलेसम्म घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा फेल भएको र घरको सदस्यले किन फेल भइस् भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजेपनि भेट्न नसकिएको उनका बुबा दुःखी खड्गाले बताउनुभयो । स्रोतका अनुसार घरबाट निस्केका ती दुवै बालिका भारदह चौकमा काँकडभिट्टा जाने बसमा चढेको बताइएको छ ।

यसैबीच, बेपत्ता भएका ती दुवै बालिकालाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०४:४५ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

सातको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

सातको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...

लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पु¥याउन महाकाली कोरिडोरमार्फत निर्माण भइरहेको छः प्रधानमन्त्री ओली

लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पु¥याउन महाकाली कोरिडोरमार्फत निर्माण भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक...