back
CTIZAN AD

एक महिनादेखि दुई बालिका बेपता, खोजी दिन आग्रह

वि.सं.२०७४ जेठ ३१ बुधवार

924 

shares

३१ जेठ, राजविराज। सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् ।

सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र ७ वर्षीया छोरी सरोकुमारी खड्गा घरमा सामान्य विवाद हँुदा आवेशमा आएर घरबाट निस्केका र ती दुवै बालिका अहिलेसम्म घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा फेल भएको र घरको सदस्यले किन फेल भइस् भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजेपनि भेट्न नसकिएको उनका बुबा दुःखी खड्गाले बताउनुभयो । स्रोतका अनुसार घरबाट निस्केका ती दुवै बालिका भारदह चौकमा काँकडभिट्टा जाने बसमा चढेको बताइएको छ ।

यसैबीच, बेपत्ता भएका ती दुवै बालिकालाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०४:४५ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...