back

झिल्का कविता

वि.सं.२०८२ पुस २६ शनिवार

186 

shares

बिष्णु उप्रेती, बिर्तामोड, झापा

१.
बाछा धेरै कराए
साँढे छ चुपचाप
सबैले उही चाहे ।

२.
मुसाको बुद्धि आएन
शक्तिको तातो रापले
समस्याले निकास पाएन ।

३.
नसच्चिने फोहोरी खेलमा
न्याय विवश हुन्छ
जहिले अन्यायको झेलमा।

४.
परिवर्तन नहुने कहिल्यै
राजनीतिको काँडे बारीमा
गन्धे फुल्छ जहिल्यै ।

५.
मह अरूले खान्छ
बिचरा मौरी रुँदै
फेरि फूलमा जान्छ ।

६.
कामभन्दा कुरा धेर
बेला बितेपछि पछुताउँदै
गर्छन् मुख हेराहेर ।

७.
जान्नेले गर्न मान्दैन
चलन बिग्रेको देशमा
नजान्ने कम ठान्दैन ।

८.
छेपाराको भोलि आएन
रङ्ग फेर्ने बानीले
शान्ति कसैले पाएन ।

९.
सुर्य जाँदा भागेर
जगत भयो चिसो
हुस्सु, कुहिरो लागेर ।

१०.
चिसो हावा चल्दैछ
देख्छ र कसले ?
वृद्धाको शरीर गल्दैछ ।

वि.सं.२०८२ पुस २६ शनिवार ०६:०३ मा प्रकाशित

Himalayan Life AD
खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...

गजल

गजल

पुष्पा नेपाल सुवेदी 'पुष्पाञ्जलि '-झापा दिँदा प्रेम सच्चा झुटो हो...

गजल

गजल

कृष्णप्रसाद गौतम, इटहरी–५, सुनसरी दुनियाँ बदल्छु भन्ने छैनन् स्वयम् बदल्दै...