back
CTIZAN AD

लघुकथा : बदर

वि.सं.२०८२ पुस २६ शनिवार

1.4K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

उसको कुरा सुनेर पञ्जिकाधिकारी चकित भए –

“हैन के भनेको? यस्तो पनि हुन्छ कहीँ?”

उसले शान्त स्वरमा जवाफ दियो –

“हो, म मेरो मृत्युदर्ता बदर गर्न आएको ।”

कोठाभित्र एकछिन मौनता छायो। कागजहरू पल्टिए, कम्प्युटर खोलियो ।

“मृत्यु कहिले भएको ?” अधिकारीले औपचारिक प्रश्न गरे।

“५ वर्षअघि ।” उसले भन्यो।

“अनि… आज किन?”

उसले झ्यालबाहिर हेर्दै भन्यो–

“आज समाजलाई छोरोको बाबुको प्रमाण दिनुपरेको छ ।”

मृत्युदर्ताको विवरण हेर्दै पञ्जिकाधिकारी रोकिए ।

“तर यहाँ त… मृत्युको कारण ‘भूकम्पबाट मृत्यु’ लेखिएको छ।”

उसले हल्का मुस्कान दियो–

“के भयो त ?” “हो, म त्यही दिन मरेको थिएँ तर शरीर बाँच्यो ।”

अधिकारीले केही नबोली फाराम अघि सारे ।

“ठीक छ, बदर गरिन्छ । यहाँ हस्ताक्षर गर्नुस् । तर…..”

उसले हस्ताक्षर गर्न लागेको हात रोक्यो र सोध्यो–
“के तर…”

“यदि बदर भयो भने, सरकारले दिएको राहत सबै फिर्ता गर्नुपर्छ नि ।” अधिकारीले भने ।

उसले कलम बन्द गर्दै भन्यो–

“त्यसो भए… होस् ।”

ढोका बन्द भयो। फाइलमा मृत्युदर्ता जस्ताको तस्तै रह्यो । उसलाई थाहा थियो– जिउँदो भएर बाँच्नुभन्दा मृत घोषित भएर बाँच्न सस्तो पथ्र्यो।

वि.सं.२०८२ पुस २६ शनिवार ०६:०६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...