back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ पुस २६ शनिवार

945 

shares

बिष्णु उप्रेती, बिर्तामोड, झापा

१.
बाछा धेरै कराए
साँढे छ चुपचाप
सबैले उही चाहे ।

२.
मुसाको बुद्धि आएन
शक्तिको तातो रापले
समस्याले निकास पाएन ।

३.
नसच्चिने फोहोरी खेलमा
न्याय विवश हुन्छ
जहिले अन्यायको झेलमा।

४.
परिवर्तन नहुने कहिल्यै
राजनीतिको काँडे बारीमा
गन्धे फुल्छ जहिल्यै ।

५.
मह अरूले खान्छ
बिचरा मौरी रुँदै
फेरि फूलमा जान्छ ।

६.
कामभन्दा कुरा धेर
बेला बितेपछि पछुताउँदै
गर्छन् मुख हेराहेर ।

७.
जान्नेले गर्न मान्दैन
चलन बिग्रेको देशमा
नजान्ने कम ठान्दैन ।

८.
छेपाराको भोलि आएन
रङ्ग फेर्ने बानीले
शान्ति कसैले पाएन ।

९.
सुर्य जाँदा भागेर
जगत भयो चिसो
हुस्सु, कुहिरो लागेर ।

१०.
चिसो हावा चल्दैछ
देख्छ र कसले ?
वृद्धाको शरीर गल्दैछ ।

वि.सं.२०८२ पुस २६ शनिवार ०६:०३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...