back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ पुस २६ शनिवार

1.5K 

shares

अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ

भयो हतार
जिम्मेवारी थपिँदा
बेसरी भार ।१।

ईष्र्या धसेर
हारिनेछ दौडमा
पछि बसेर ।२।

भत्किन्छ घर
परायाको अनेकौँ
सुन्दा खबर ।३।

प्यारो पछ्यौरी
शिक्षित छ आमाको
हातको लौरी ।४।

सानो पाटोमा
खुसीहरू हराए
आफ्नै माटोमा।५।

मन साँघुरो
अबिरल वेदना
रित्तिने धुरो।६।

शान्ति छाउँदा
ओइरिए दुनियाँ
सुख पाउँदा।७।

आफ्नै कलामा
रमाउँन पर्दछ
यहि थलामा।८।

दुःख गरेर
पेट भर्न गाह्रो छ
पानी परेर।९।

पाएनौं न्याय
सबै भए अहिले
आफ्नै पराय ।१०।

वि.सं.२०८२ पुस २६ शनिवार ०६:०९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...