back
CTIZAN AD

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

वि.सं.२०८२ पुस २६ शनिवार

1.2K 

shares

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष र लय तथा गजलकार डिल्लीराज घिमिरे (सङ्गम)को भँगेरी गजल सङ्ग्रह विमोचन सम्पन्न भएको छ ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तिर्थराज आचार्य र उपस्थित महानुभावलाई स्वागत प्रतिष्ठानका उपाध्यक्ष कमल पोखरेलले गरेका थिए ।
कविता सङ्ग्रह जिजीविषाको लय माथि टिप्पणी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुव बहादुर खत्री तथा भँगेरी गजल सङ्ग्रह माथि टिप्पणी कल्पना मरासिनी तथा विष्णुप्रसाद वस्यालले गरेका थिए ।

उक्त कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमका अतिरिक्त अन्य साहित्यकारहरू विष्णुप्रसाद वस्याल,कल्पना मरासिनी, कमल पोखरेल, तिर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुली लगायतले समेत रचना वाचन गरेका थिए ।

उपस्थित सबै महानुभावको सम्मान गर्दै सबैबाट सामुहिक रुपमा कृतिको विमोचन गरिएको उक्त कार्यक्रममा छुट्टै अतिथिहरू भनेर छुट्टयाइएको थिएन भने उपस्थिति सुखद थियो ।

वि.सं.२०८२ पुस २६ शनिवार ०६:१६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...