back
CTIZAN AD

विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

वि.सं.२०८२ पुस २७ आइतवार

837 

shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुईदिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ ।

बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले अहिले १२ः४५ बजेसम्ममा एक हजार २१५ जनाको नाम दर्ता भइसकेको जानकारी दिए ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् । महाधिवेशन आयोजक समितिका अनुसार आज दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटनसत्र सुरु हुनेछ । संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।

वि.सं.२०८२ पुस २७ आइतवार १३:२५ मा प्रकाशित

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...