back
CTIZAN AD

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

वि.सं.२०८२ पुस २८ सोमवार

702 

shares

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकमै कायममुकायम प्रमुख कार्यकारी रहेका उनलाई सीईओ नियुक्त गरेको हो ।

कार्यकाल २५ गतेदेखि सुरु भइसकेको छ भने उनले चार वर्षसम्म कार्यभार सम्हाल्नेछन् । बैंकिङ क्षेत्रमा उनको ३६ वर्ष लामो अनुभव रहेको छ । सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न पदमा रहेर काम गरेका बस्यालल सन् २००५ यता उनी सिद्धार्थ बैंकमा आबद्ध थिए ।

बैंकमा उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा भूमिका निर्वाह गरिसकेका छन्। बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनले विशेष योगदान दिएको बैंकले जनाएको छ ।

वि.सं.२०८२ पुस २८ सोमवार १२:३२ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...