भूपाल अधिकारी, विराटनगर
छ अभिनय गर्न जसको खुबै दख्खल गजबको
तिनैले मात्र गर्थे सधैँ नक्कल गजबको
सही उपयोग गथ्र्यो सबै चिजको हमेसा
थियो उत्तम उसैको कला कौशल गजबको
सधैँभर उसले कीर्तन भजनमा लाग्नलाई
निकै हेरी विचारी किन्यो मादल गजबको
निसानी सम्झिँदै फूलको साटो कसैले
प्रियालाई बनाई दियो पायल गजबको
बगाई खुन हदै जो सदा गथ्र्यो कडा श्रम
उसैलाई अहिल्यै मिल्यो प्रतिफल गजबको
बहर : अरिज
वजन : १२२२ – १२२ – १२२२ – १२२
अर्कानः मुफाईलुन् , फऊलुन् , मुफाईलुन् , फऊलुन्
काफिया : अल
रदिफ : गजबको
अभ्यास : परिश्रमी पाठशाला
वि.सं.२०८२ माघ ३ शनिवार ०६:१२ मा प्रकाशित




























