back
CTIZAN AD

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

वि.सं.२०८२ माघ ६ मंगलवार

639 

shares

बाजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

यहाँका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेको बताएका छन् ।

अति संवेदनशील मतदान स्थल कूल मतदान स्थलको ८० दशमलव ५१ प्रतिशत रहेको प्रजिअ निरौलाले बताए । अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने जिला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचन समयावधीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन जिल्लास्थित राजनीतिक दल र दलका उम्मेदवार तथा सर्वसाधारणलाई सुरक्षा समितिले आग्रह गरेको छ । जिल्लामा हाल ८७ हजार ८६१ मतदाता छन् ।

बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका ३३ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । जिल्लामा जम्मा १२९ मतदानस्थल छन् ।

विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशिलता तय गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

 

वि.सं.२०८२ माघ ६ मंगलवार १३:२५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...