back
CTIZAN AD

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

वि.सं.२०८२ माघ ६ मंगलवार

603 

shares

काठमाडौँ  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनय दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उनले जानकारी दिए । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुनेछ ।

हालसम्म प्राप्त जानकारीअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार क्षेत्र नं १ मा एक स्वतन्त्र र राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन क्षेत्र नं ६ मा ६ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । काठमाडौँ क्षेत्र नं १ मा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ मा कागेश्वरी मनोहरा नगरपालिका भवन, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा मनोनय दर्ता भइरहेको छ ।

काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थली, काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस केन्द्र जुडोहल खुसिबु बालाजु, क्षेत्र नं ८ को नार्गाजुन नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवन र क्षेत्र नं १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।

मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता चलिरहेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्भने मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ निर्धारण गरिएको छ ।

वि.सं.२०८२ माघ ६ मंगलवार १३:३३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...