back
CTIZAN AD

प्रदीप सापकोटाको ‘यात्राको लय’ सार्वजनिक

वि.सं.२०८२ माघ ८ बिहीवार

498 

shares

काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए ।लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार रहेको देखिएको बताए । कृतिमाथि परिचर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्धन्दकालीन समयको चित्र भएको बताए ।

उनले भने-‘निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिमा स साना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ ।’ अर्का चर्चाकार डा.सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा,राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको वारेमा चर्चा गरिएको बताइन ।

कृतिले पाठकलाई संगै घुमाउने उनको भनाई थियो । कृतिकारले पाठकलाई मेची, महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङ पनि घुमाएको बताइन् । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए ।

स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको बताए । लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए । नियात्राकार सापकोटाले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताए ।

नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसंग घुलमिल हुने बानी रहेको भन्दै कृतिको सफलताको निम्ति शुभकामना दिए । अर्का साहित्यकार किशोर पहाडीले सापकोटासँग चिनजानको प्रसङ्ग कोट्याए । साहित्यिक पत्रकार संघका राधेश्याम लेकालीले वहुआयामिक व्यक्तित्वको रुपमा सापकोटालाई चिनेको बताए ।

भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई आफुले परिवारको सदस्यको रुपमा लिएको बताए । उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरिन् । ‘यात्राको लय’ लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।यसको मूल्य रु.३००। रहेको छ ।

वि.सं.२०८२ माघ ८ बिहीवार १२:५३ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...